Wednesday, July 31, 2013
भुवन कोइराला: सरिता
भुवन कोइराला: सरिता: हैन ए सरिता कस्तो उन्माद हो तिम्रो ललिता के एक सब्द बोल्याथ्यौ झम्टियौँ है हामी त सायद हामीले राष्ट्रियता विर्सिएछौँ होला के गर्ने भ्र...
भुवन कोइराला: सरिता
भुवन कोइराला: सरिता: हैन ए सरिता कस्तो उन्माद हो तिम्रो ललिता के एक सब्द बोल्याथ्यौ झम्टियौँ है हामी त सायद हामीले राष्ट्रियता विर्सिएछौँ होला के गर्ने भ्र...
सरिता
हैन ए सरिता कस्तो उन्माद हो तिम्रो ललिता
के एक सब्द बोल्याथ्यौ झम्टियौँ है हामी त
सायद हामीले राष्ट्रियता विर्सिएछौँ होला
के गर्ने भ्रष्टाचारको उन्मादमा तिम्रो बैँसले
हाम्रा लागि राष्ट्रियता सिकाउन भ्याएन ।
गल्ति हाम्रै हो सरिता आइ ए पढियो वि ए पढियो
तर हामीले कहिल्यै पनि
राष्ट्रियता पढेकै रहेनछ
राष्ट्रिय पोशाक के हो थाहै रहेन छ
के गर्ने सिलेबसमा त्यो विषय राखिदिएकै रहेनछ
सक्छौ भने हिम्मत गर सरिता
राष्ट्रियता लाई पनि सिलेबसमा राख
भ्रष्टाचार कसरी गर्ने त्यसलाई पनि
नया विषय बनाउ
हामी त पढ्नै जान्दैनौ सरिता
के रैछ तिम्रो नाङ्गो राष्ट्रियता
एक पटक बुझाइदेउ
राष्ट्रियता के रैछ
हामीलाई सिडाइदेऊ
Monday, July 29, 2013
ढुकुटि
साँचिएको पसिनाको आहालको खाडल हेर
मेशिन सरी स्वचालित अंग भंग तस्बिर हेर
नचाहदा नचाहदै हत्केलाका डाम हेर
उकुस मुकुस जिन्दगीको एकफेर ऐना हेर ।
समयले कोल्टे फेर्छ जिन्दगीमा एकफेर
थोपा थोपा विर्सिएर सागरको भेल देख्छ
थाहै नपाई लोभै लोभमा आत्तिएर पौडिखेल्छ
डुबुल्किमा रम्न खोज्दा किनारानै विर्सिदिन्छ ।
आज उसलाई पर्यो अरे राजघराना भोज ला छ
एक को आधि चित्त बुझाई किन होला सकार्या छ
कति दिने कति लिने मोला तोल विर्सिदिदा
सडक छाप जिन्दगी भा आज बल्ल थाहा पाछ ।
एकबाट एकै दिनमा एकैपल्ट डेड खोज्दा
धुजा धुजा सपनाका महलहरु ओइलिए छ
हिजो सम्म धेरै पल्ट केहो साथी हेल्लो हाइ
अचानक आजकिन बोलिचालि रित्तिदिन्छ ।
दैबपनि किन आज उसकालागि प्रतिकुल छ
हजार माइल हिड्छु भन्ने आज एक्लै रोइराछ
थाहै थेन मेरालागि साथी भन्नु पैसा रैछ
विनासकारी जिन्दगीको यो त ठुलो भुल रैछ ।
पशिनाका आहालहरु एकैपल्ट रित्तिदिँदा
आकास बाट एकै पटक बज्रपात बर्सिदिँदा
छरछिमेक सवै तिर चिया गफ एउटै हुदा
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ ।
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ । ।
मेशिन सरी स्वचालित अंग भंग तस्बिर हेर
नचाहदा नचाहदै हत्केलाका डाम हेर
उकुस मुकुस जिन्दगीको एकफेर ऐना हेर ।
समयले कोल्टे फेर्छ जिन्दगीमा एकफेर
थोपा थोपा विर्सिएर सागरको भेल देख्छ
थाहै नपाई लोभै लोभमा आत्तिएर पौडिखेल्छ
डुबुल्किमा रम्न खोज्दा किनारानै विर्सिदिन्छ ।
आज उसलाई पर्यो अरे राजघराना भोज ला छ
एक को आधि चित्त बुझाई किन होला सकार्या छ
कति दिने कति लिने मोला तोल विर्सिदिदा
सडक छाप जिन्दगी भा आज बल्ल थाहा पाछ ।
एकबाट एकै दिनमा एकैपल्ट डेड खोज्दा
धुजा धुजा सपनाका महलहरु ओइलिए छ
हिजो सम्म धेरै पल्ट केहो साथी हेल्लो हाइ
अचानक आजकिन बोलिचालि रित्तिदिन्छ ।
दैबपनि किन आज उसकालागि प्रतिकुल छ
हजार माइल हिड्छु भन्ने आज एक्लै रोइराछ
थाहै थेन मेरालागि साथी भन्नु पैसा रैछ
विनासकारी जिन्दगीको यो त ठुलो भुल रैछ ।
पशिनाका आहालहरु एकैपल्ट रित्तिदिँदा
आकास बाट एकै पटक बज्रपात बर्सिदिँदा
छरछिमेक सवै तिर चिया गफ एउटै हुदा
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ ।
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ । ।
Wednesday, July 24, 2013
कविता हो कि गजल
प्रतिबेदन
गजङ मजङ हिसाब किताब आउ बसौँ मिलाउनु छ
उतार चडाब कति हुन्छ प्रतिबेदन बुझउनु छ
ब्यालेन्स सबै बराबरी बनाउनु छ मशान्तमा
घाटा नाफा कति निस्क्यो, मिलाउनु छ किताबमा ।
कति गर्नु आनाकानी बार्ता सधै विफल हुन्छ
धेरै बुँदा सहमति निकास सधै सुन्य हुन्छ
एउटा मान्छे एउटा बुँदा कत्रो होला प्रतिबेदन
आउ बार्ता गरौँ फेरी बुँदा जति थपे हुन्छ ।
छिमेकिको हावा विना स्वास फेर्न गाह्रो हुन्छ
एउटा सानो निर्णयमा पुग्न कति साह्रो हुन्छ
अलमलियौ दोबाटोमा माया धेरै फिँजीएछ
एउटा लाई काँध दिँदा अर्को त्यसै चिडिएछ ।
भकारीमा भरी माया कसका लागि साँचेका छौ
सपनाका चाँङ माथी हामीलाई राखेका छै
प्रकृति का प्रकोपले भकारीलाई ताकेको छ
साँचिएका माया सवै कुहिएर विग्रिए छ ।
सुरुवात मै लेखापाल गलतमान्छे छाने पछि
अन्धाधुन्ध पेश्की फर्छौट जता तै भयो अनि
एउटा माया पुर्ब दियौ अर्को माया पश्चिम तिर
किन मिल्थ्यो सम्बन्धको हरहिसाब विग्रे पछि ।
लाइसेन्स प्राप्त अडिटर लाई छिमेक बाट ल्याउनु रे
विग्रिएको हिसाबलाई अनुदानमा मिलाउनु रे
हाम्रा लागि तिम्रो माया धरोधर्म ढुसि आयो
छिमेक तिर फक्रिदिँदा अब हाम्लाई घिन लाग्यो
स्वभिमानी हामीलाई झुटो माया चाहिएन
देखासिखि तिम्रो माया भयो अब चाहिएन
हाम्रो माया मिलाउने तिम्रो लेखा चाहिएन
सोझा साझा हामीलाई आश्वासन चाहिएन ।
गजङ मजङ हिसाब किताब आउ बसौँ मिलाउनु छ
उतार चडाब कति हुन्छ प्रतिबेदन बुझउनु छ
ब्यालेन्स सबै बराबरी बनाउनु छ मशान्तमा
घाटा नाफा कति निस्क्यो, मिलाउनु छ किताबमा ।
कति गर्नु आनाकानी बार्ता सधै विफल हुन्छ
धेरै बुँदा सहमति निकास सधै सुन्य हुन्छ
एउटा मान्छे एउटा बुँदा कत्रो होला प्रतिबेदन
आउ बार्ता गरौँ फेरी बुँदा जति थपे हुन्छ ।
छिमेकिको हावा विना स्वास फेर्न गाह्रो हुन्छ
एउटा सानो निर्णयमा पुग्न कति साह्रो हुन्छ
अलमलियौ दोबाटोमा माया धेरै फिँजीएछ
एउटा लाई काँध दिँदा अर्को त्यसै चिडिएछ ।
भकारीमा भरी माया कसका लागि साँचेका छौ
सपनाका चाँङ माथी हामीलाई राखेका छै
प्रकृति का प्रकोपले भकारीलाई ताकेको छ
साँचिएका माया सवै कुहिएर विग्रिए छ ।
सुरुवात मै लेखापाल गलतमान्छे छाने पछि
अन्धाधुन्ध पेश्की फर्छौट जता तै भयो अनि
एउटा माया पुर्ब दियौ अर्को माया पश्चिम तिर
किन मिल्थ्यो सम्बन्धको हरहिसाब विग्रे पछि ।
लाइसेन्स प्राप्त अडिटर लाई छिमेक बाट ल्याउनु रे
विग्रिएको हिसाबलाई अनुदानमा मिलाउनु रे
हाम्रा लागि तिम्रो माया धरोधर्म ढुसि आयो
छिमेक तिर फक्रिदिँदा अब हाम्लाई घिन लाग्यो
स्वभिमानी हामीलाई झुटो माया चाहिएन
देखासिखि तिम्रो माया भयो अब चाहिएन
हाम्रो माया मिलाउने तिम्रो लेखा चाहिएन
सोझा साझा हामीलाई आश्वासन चाहिएन ।
Subscribe to:
Posts (Atom)