साँचिएको पसिनाको आहालको खाडल हेर
मेशिन सरी स्वचालित अंग भंग तस्बिर हेर
नचाहदा नचाहदै हत्केलाका डाम हेर
उकुस मुकुस जिन्दगीको एकफेर ऐना हेर ।
समयले कोल्टे फेर्छ जिन्दगीमा एकफेर
थोपा थोपा विर्सिएर सागरको भेल देख्छ
थाहै नपाई लोभै लोभमा आत्तिएर पौडिखेल्छ
डुबुल्किमा रम्न खोज्दा किनारानै विर्सिदिन्छ ।
आज उसलाई पर्यो अरे राजघराना भोज ला छ
एक को आधि चित्त बुझाई किन होला सकार्या छ
कति दिने कति लिने मोला तोल विर्सिदिदा
सडक छाप जिन्दगी भा आज बल्ल थाहा पाछ ।
एकबाट एकै दिनमा एकैपल्ट डेड खोज्दा
धुजा धुजा सपनाका महलहरु ओइलिए छ
हिजो सम्म धेरै पल्ट केहो साथी हेल्लो हाइ
अचानक आजकिन बोलिचालि रित्तिदिन्छ ।
दैबपनि किन आज उसकालागि प्रतिकुल छ
हजार माइल हिड्छु भन्ने आज एक्लै रोइराछ
थाहै थेन मेरालागि साथी भन्नु पैसा रैछ
विनासकारी जिन्दगीको यो त ठुलो भुल रैछ ।
पशिनाका आहालहरु एकैपल्ट रित्तिदिँदा
आकास बाट एकै पटक बज्रपात बर्सिदिँदा
छरछिमेक सवै तिर चिया गफ एउटै हुदा
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ ।
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ । ।
मेशिन सरी स्वचालित अंग भंग तस्बिर हेर
नचाहदा नचाहदै हत्केलाका डाम हेर
उकुस मुकुस जिन्दगीको एकफेर ऐना हेर ।
समयले कोल्टे फेर्छ जिन्दगीमा एकफेर
थोपा थोपा विर्सिएर सागरको भेल देख्छ
थाहै नपाई लोभै लोभमा आत्तिएर पौडिखेल्छ
डुबुल्किमा रम्न खोज्दा किनारानै विर्सिदिन्छ ।
आज उसलाई पर्यो अरे राजघराना भोज ला छ
एक को आधि चित्त बुझाई किन होला सकार्या छ
कति दिने कति लिने मोला तोल विर्सिदिदा
सडक छाप जिन्दगी भा आज बल्ल थाहा पाछ ।
एकबाट एकै दिनमा एकैपल्ट डेड खोज्दा
धुजा धुजा सपनाका महलहरु ओइलिए छ
हिजो सम्म धेरै पल्ट केहो साथी हेल्लो हाइ
अचानक आजकिन बोलिचालि रित्तिदिन्छ ।
दैबपनि किन आज उसकालागि प्रतिकुल छ
हजार माइल हिड्छु भन्ने आज एक्लै रोइराछ
थाहै थेन मेरालागि साथी भन्नु पैसा रैछ
विनासकारी जिन्दगीको यो त ठुलो भुल रैछ ।
पशिनाका आहालहरु एकैपल्ट रित्तिदिँदा
आकास बाट एकै पटक बज्रपात बर्सिदिँदा
छरछिमेक सवै तिर चिया गफ एउटै हुदा
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ ।
आज बल्ल होस आ छ ढुकुटि नै रित्तिए छ । ।
No comments:
Post a Comment