हैन ए सरिता कस्तो उन्माद हो तिम्रो ललिता
के एक सब्द बोल्याथ्यौ झम्टियौँ है हामी त
सायद हामीले राष्ट्रियता विर्सिएछौँ होला
के गर्ने भ्रष्टाचारको उन्मादमा तिम्रो बैँसले
हाम्रा लागि राष्ट्रियता सिकाउन भ्याएन ।
गल्ति हाम्रै हो सरिता आइ ए पढियो वि ए पढियो
तर हामीले कहिल्यै पनि
राष्ट्रियता पढेकै रहेनछ
राष्ट्रिय पोशाक के हो थाहै रहेन छ
के गर्ने सिलेबसमा त्यो विषय राखिदिएकै रहेनछ
सक्छौ भने हिम्मत गर सरिता
राष्ट्रियता लाई पनि सिलेबसमा राख
भ्रष्टाचार कसरी गर्ने त्यसलाई पनि
नया विषय बनाउ
हामी त पढ्नै जान्दैनौ सरिता
के रैछ तिम्रो नाङ्गो राष्ट्रियता
एक पटक बुझाइदेउ
राष्ट्रियता के रैछ
हामीलाई सिडाइदेऊ
No comments:
Post a Comment